२२ फागुन, काठमाडौं । सरकारले संविधान संशोधन नगरिकन वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेपछि रुष्ट मधेस केन्द्रित दल तराई मधेसमा आन्दोलन चर्काउने तयारीमा जुटेका छन् । फागुनभर पर्खने र चैत पहिलो सातादेखि आन्दोलन चर्काउने राणनीति ती दलले बनाउँदैछन् । फागुन २६ सम्म मधेस केन्द्रित दलले भण्डाफोर अभियान गर्नेछन् ।

त्यसअघि मधेसी मोर्चाको बैठक बसेर थप कायक्रम बनाइने नेताहरुले बताएका छन् । स्रोतका अनुसार फागुन मसान्तसम्म पर्खने अर्थाता नरम कार्यक्रम गर्ने र तयसपछि गर्मी चढेसँगै आन्दोलत तताउने तयारी मोर्चाको छ ।

मोर्चाका केन्द्रिय नेता अहिले आआफ्नो जिल्ला पुगेका छन् । आन्दोलनको तयारी गर्न उनीहरु जिल्ला पुगेका हुन् । मोर्चामा आवद्ध तपलोपा, सद्भावना र राष्ट्रिय समाजवादी पार्टीले राजधानीमा रहेका आफ्ना पार्टीका नेता र कार्यकर्तालाई जिल्ला जान निर्देशन दिइसकेका छन् । तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले बलजफ्ती चुनाव गराउन खोजे देशको अवस्था भयावह हुने चेतावनी दिएका छन् ।

यता, स्थानीय चुनावमा होमिएका प्रमुख राजनीतिक दलले मधेसी जनतालाई आफ्ुनो पक्षमा पार्न मधेस केन्द्रित अभियान सुरु गरेका छन् । मधेसी मोर्चाले चुनाव बहिस्कार गरेपनि त्यहाँको जनमत आफ्नो पक्षमा पार्न प्रमुख पार्टीले तयारी सुरु गरेका हुन् ।

एमालेले शनिबार देखि मेची महाकाली अभियान सुरु गरेको छ । राप्रपाले पनि मेची महाकाली अभियान सुरु गर्ने नेताहरुले बताएकाछन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि मधेस लक्षित गरेर अभियान थाल्ने तयारी भइरहेको जनाएका छन् । आजको नागरिक दैनिकमा खवर छ ।