७ भदौ, काठमाडौं ।

थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।

घटना पछि सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ ।

घटनाका विषयमा विभिन्न टिप्पणी आइरहेका छन् । एमाओवादी नेता एवं संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितका सभापति डा बाबुराम भट्टराईले सेना परिचालन तर्फ लक्षित गर्दै फौजी नभएर राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।


Baburam On Kailali Incident

थरुहट आन्दोलनको समर्थन गर्दै आएका बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्- टीकापुर घटनाको गम्भीरता वोध गरौं!आवेगले हैन विवेकले काम गरौं!समस्याको फौजी हैन राजनीतिक समाधान खोजौं!’

उता एमाले सचिव प्रदिप ज्ञवालीले भने यो घटना हतियार उठाउने मधेशी नेताहरुको चेतावनीसँग सम्बन्धित छ कि भनेर प्रश्न गरेका छन् ।

PM tweet

प्रधानमन्त्री सुशील कोइरालाले सबैका माग पुरा गर्न संबैधानिक बाटो रहेको स्मरण गराएका छन् ।

थारुको आन्दोलनमा अपराधी घुसे, हत्यारालाई छोडिन्नः ओली