२ माघ, काठमाडौं ।

मलेसियाको क्वालालम्पुरबाट आएको एयर एसियाको जहाज त्रिभुवन विमास्थलमा बस्नै लाग्दा आइतबार ओभरसुट गराइएको छ ।

विमानस्थलस्थित टावरले रनवेमा एकैपटक तीनवटा कुकुर देखिएको भन्दै विमान टोलीको चालक दललाई जानकारी गराएपछि कोटेश्वरबाट एयरपोर्टमा बस्न लागेको जहाजलाई ओभरसुट गराइएको हो ।

tribhuvan-airport-runway

बस्न लागेको जहाज टावरबाट कुकुरको सूचना आएलगत्तै उचाई लिन पुगेको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड गरेपछि जहाज त्रिभुवन विमानस्थलमैं अवतरण गरेको थियो ।

कुकुरका कारण भारतको दिल्लीबाट आएका एयर इण्डिया र जेट एयरको उडान पनि प्रभावित हुन पुगेको थियो । विमानस्थलमा सुरक्षामा खेलाँची हुँदा यस्तो हुन पुगेको हो ।

यो पनि पढ्नुस्:
गोप्य सूचनाले तनाबमा भीम रावल
प्रचण्ड नेतृत्वको सरकार आगामी मंसिरसम्म पक्का !