२३ वैशाख,प्यूठान । आफन्तको कुटाइबाट प्यूठानमा एक महिलाको ज्यान गएको छ। । उदयपुरकोट–६, आँपचौर निवासी ४० वर्षीया फकुली नेपालीको हत्या भएको हो । कपिलबस्तु घर भई माइत आएकी उनको ३३ वर्षीय दुर्गाबहादुरले कुटाईका कारण मृत्यु भएको हो ।

मदिरा सेवन गरी आफनै फुपु नाता पर्ने महिलालाई दुर्गाबहादुरले टाउकोमा कोदालो प्रहार गरेका थिए । मृतकको सवलाई सोमवार जिल्ला अस्पताल बिजुवारमा पोस्र्टमाटम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । हत्यारालाई प्रहरीले नियन्त्रणमा लिएक छ।