कञ्चनपुर, २६ चैत । कञ्चनपुरमा एक व्यक्तिले कोदालाले हानेर छिमेकीको हत्या गरेका छन् । लालझाडी गाउँपालिका १ का २५ वर्षीय निरज रानाले छिमेकी ५० वर्षीया बासमती रानाको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

आपसि विवाद भएपछि रानाले बासमतिको टाउकोमा कोदालाले हिर्काएका थिए । सोही चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टले बताए ।

कोदालो प्रहार गर्ने निरजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।