बास्केटबल ‘लेजेन्ड’ कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा आइतबार मृत्यु भयो। विश्व चर्चित यी खेलाडीको असमायिक मृत्युमा करोडौंको मन दुखेको छ। जति दुखदः यो खबर छ, त्यति नै आश्चर्यमा पार्ने एक ट्वीट अहिले भाइरल भइरहेको छ।

सन् २०१२ मा एक ट्वीटर युजरले गरेको ट्वीटमा कोबेको हेलिकप्टेर दुर्घटनामा मृत्यु हुने लेखिएको छ।

७ वर्ष भन्दा बढी पुरानो यो ट्वीट @dotNoso ह्याण्डलबाट ट्वीट गरिएको थियो।

ट्वीटमा लेखिएको छ, ‘कोबे हेलिकप्टर दुघर्टनामा मर्ने छन्।’, र अनौठो तर दुखदः संयोग, कोबेले त्यसरी नै ज्यान गुमाए।

जब यी अपरिचित ट्वीटर प्रयोगकर्ताले ७ वर्ष अघि यो ट्वीट गरेका थिए, तर कोबेका फ्यानले यो ट्वीटको खेदो खनेका थिए।

कोबेको मृत्यु पश्चात सोमबार यही ट्वीटर प्रयोगकर्ताले सोही ट्वीटमा रिप्लाइ गर्दै माफी मागेका छन्।

ब्रायन्ट र उनकी १३ वर्षकी छोरी गियाना सहित अन्य ७ जना हेलिकप्टर दुर्घटनामा मारिएका हुन। उनीहरु लस एन्जल्स स्थित माम्बा स्पोर्ट्स एकेडेमी जादै थिए।

बाबु झै जियाना बास्केटबल खेल्थिन। सन् २०१६ मा खेलबाट अवकास लिएपछि कोबेले छोरीलाई बास्केटबल सिकाउन थालेका थिए।

४१ वर्षको उमेरमा मृत्युवरण गरेका कोबे उत्तर अमेरिकाको नेशनल बास्केटबल एसोसियसन (NBA) को इतिहासमै सबैभन्दा बढी स्कोर गर्नेहरुको तेस्रो नम्बरमा पर्छन्।