१७ चैत, काठमाडौं । कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यामहरुले जनाएअनुसार अहिलेसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३५ हजार ३५ पुगेको छ । विश्वभर ७ लाख ४० हजार २ सय ३५ जना संक्रमित हुँदा १ लाख ५६ हजार ५ सय ८८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा धेरै इटलीमा अहिलेसम्म १० हजार ७ सय ७९, स्पेनमा ७ हजार ३ सय ४०, चीनमा ३ हजार ३ सय ४ र अमेरिकामा २ हजार ४ सय ९० जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा २७ सय ५७, फ्रान्समा २६ सय ६ र बेलायतमा १२ सय २८ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म १ लाख ४२ हजार ७ सय ९३ जना संक्रमित भएका छन् ।

त्यसपछि इटाली प्रभावित छ । जहाँ ९७ हजार ६ सय ८९ जना संक्रमति भइसकेका छन् । स्पेनमा ८५ हजार १ सय ९५, चीनमा ८१ हजार ४ सय ७०, जर्मनीमा ६३ हजार ९ सय २९ जना संक्रमित भएको संचारमाध्यामले जनाएका छन् ।