२६ फागुन, काठमाडौं । कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित देश चीन, इटली र जापानमा भाइरसको परीक्षण १५ मिनेटमै हुने भएको छ । आधुनिक र उच्चतम प्रविधिको प्रयोग गरी बिरामीहरुको रगतको नमूना जाँच गरिरहेका थिए ।

तर नेपालमा भने कोरोना भाइरसको परीक्षण २४ घण्टा लागिरहेको छ । भारतमा कोरोनाको शंकास्पद बिरामीसँग ५ किसिमको नमूना लिएर जाँच गरिन्छ । यो प्रक्रिया पूरा हुन करिब २४ घण्टा समय लाग्छ । नेपालमा मात्र होइन बेलायतमा कोरोना भाइरसको जाँच गर्नको लागि ४८ घण्टा समय लाग्छ ।