१७ चैत, एजेन्सी । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पछिल्लो २४ घण्टामा ८ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिन यता ८ सय भन्दा धेरै मानिसको मृत्यु भइरहेको स्ेपेनिस स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार स्पेनमा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ४० पुगेको छ । स्पेनमा ६१ हजार ७५ मानिस अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा ३५ सय १५ नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७१ जना उपचारपछि निको हुँदा घर फर्कनेको संख्याँ १६ हजार ७ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।