एजेन्सी ।

यतिबेला बलिउडमा रणबीर कपुर र क्याट्रिना कैफको ब्रेकअपको चर्चा छ । उनीहरुले आफै यस विषयमा खुलेर नबोलेपनि अनेक अडकलबाजी चलिरहेका छन् ।

शुरुमा सलमानकी प्रेमिका बनेकी क्याट्रिना उनीसँग ब्रेकअप गर्दै रणबीरसँग नजिकिएकी थिइन् । अहिले भने उनको अर्को ब्रेकअप भएको बताइएको छ ।

Ranbir-Katrina

यसैबिच क्याट्रिनाले आफ्नो पछिल्लो मानसिक अवस्थाबारे मुख खोलेकी छिन् । उनले आफूलाई मनमा भएको कुरा चिच्याएर भन्न मन लागेको भएपनि सबै कुराले यस्तो गर्न नदिने बताउँदै रणबीरसँग ब्रेकअप भएको संकेत गरेकी हुन् ।

बलिउड डटकमका अनुसार क्याट्रिनाले पछिल्लो अन्तर्वार्तामा सबैका सामुन्ने चिच्याएर भन्न मन लागेपनि यसो गर्न नमिल्ने बताएकी हुन् । आफ्नो निजी जिन्दगीको विषयमा सबैलाई भन्न नसकिने भन्दै क्याट्रिनाले निक्कै दुःखी रहेको बताएकी हुन् ।

भारतीय मिडिया रिपोर्टका अनुसार क्याट्रिनासँग बस्ने गरेको मुम्बइको कार्टररोडस्थित फ्ल्याट समेत रणबीरले छोडिदिएका छन् । क्याट्रिना र रणबीरबीच केही वर्ष यता लिभइन रिलेसन चलिरहेको थियो ।

अव भने क्याट्रिनालाई छोडेर रणबीर आफ्ना बाबु र आमा (ऋषि कपूर र नीतू कपूर)सँग बस्न थालेको भारतीय सञ्चार मााध्यमले जनाएका छन् । नीतु कपुरले क्याट्रिनासँग विहे गर्ने रणबीरको चाहानालाई अस्वीकार गरेपछि उनीहरुको ब्रेकअप भएको समेत चर्चा चलेको छ ।

रणबीरसँग ब्रेकअपपछि क्याट्रिना पूर्व प्रेमी सलमानलाई भेट्न मध्यरातमा सलमान खान रहेको पार्टीमा पुगेको समेत चर्चा छ ।

ranbir katrina salman

सलमानले समेत रणबीरसँग छुट्टिने सल्लाह क्याट्रिनालाई दिएको अनुमान समेत गरिएको छ । क्याट्रिना रणबीरसँग नजिक हुनु अघि सलमानसँग सम्बन्धमा थिइन् ।

क्याट्रिना बलिउडमा छिर्दा सलमानकी प्रेमिका बनेर छिरेकी थिइन् । उनीहरुबीचको लामो प्रेम सम्बन्ध क्याट्रिना रणबीरसँग नजिक भएपछि सन् २००९ मा उनीहरुको सम्बन्ध टुटेको थियो ।

मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना

रणबीर नभएको मौका पारेर क्याट्रिनालाई भेट्न पुगे सलमान