५ माघ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अण्डर-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई देशको नाम सम्झिएर खेल्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली टोलीलाई मंगलबार विदाइ गर्दै ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथा सम्झिएर खेल्न आग्रह गरे ।

PM oli u-19 cricket team

नेपालको क्रिकेट क्षेत्र सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्रीले अझै सफलता पाउने आशा ब्यक्त गरे । सरकार क्रिकेट क्षेत्रको विकासका लागि प्रतिवद्ध र गम्भीर रहेको समेत उनले बताएका छन् ।
बंगलादेशमा हुने यु१९ अण्डर-१९ विश्वकप खेल्न नेपाली टोली भोली बुधबार ढाका जाँदैछ ।