केशव कोइराला
१५ मंसीर, लम्की । बसको ठक्करबाट हिजो दिउँसो एक बालकको मृत्यु भएपछि मृतकका आफन्तले १५ लाख रूपैया क्षतिपूर्तीको माग गर्दै पूर्व-पश्चिम राजमार्गको लम्की बौनिया सडक-खण्ड बन्द गराएका छन् ।

बस समितिले ५ लाख रूपैया भन्दा बढि दिन नसक्ने अडान राखेको छ । अहिले पूर्वबाट आएका बसहरू लम्कीमा रोकिएका छन् भने पश्चिमबाट आएका बसहरू बौनियामा रोकिराखेका छन् । दुईपक्ष बिच विवाद मिलाउने काम भइरहैको इलाका प्रहरी कार्यलय मोतीपुरले जनाएको छ ।

हिजो दिउँसो कैलालीको चुहामा ना ४ ख ५४४९ नम्वरको बसले ७ बर्षीया बालक भेषराज साउदलाई ठक्कर बालकको घटना स्थलमै मृत्यु भएको थियो ।