६ असार, काठमाडाैं ।

केपी ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरे यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतप्रति निकै आक्रामक बन्दै आइरहेका छन् ।

हुन पनि उनले त्यसयता आफ्ना हरेकजसो भाषणमा भारतप्रति रोष प्रकट गर्न छुटाउने गरेका छैनन । तर, भारतप्रति निरन्तर विषबमन गर्दै आइरहेका प्रचण्डको यस्तो फुर्ती अब भारतले धेरै दिन नहसने भएको छ र उसले जतिसक्यो छिट्यो प्रचण्डको चुरीफुरी झार्ने गरी भित्रभित्रै काम अघि बढाएको छ ।

स्रोत भन्छ– यदि भारतले बनाएको डिजाइनले मूर्त रुप लिएरमा प्रचण्ड उठ्नै नसक्नेगरी थला पर्ने छन् ।

स्रोतका अनुसार, आफ्नो स्वार्थपूर्तिका लागि पार्टीहरुलाई निरन्तर फुटको स्वाद चखाउँदै आइरहेको भारतले माओवादीमा विगतमा भन्दा पनि खतरनाक फुट गराएर प्रचण्डलाई खत्रक्कै हुने गरी थला पार्न खोजेको हो ।

भारतको आधारमा टेकेर भारतसँगै टक्कर लिँदा उपेन्द्र यादवको हरिबिजोग बनाएको भारतले प्रचण्डलाई पनि त्यही सुत्र प्रयोग गरेर थला पार्ने योजना भित्रभित्रै बनाइरहेको छ र त्यसमा प्रचण्डका विश्वासपात्रहरुलाई नै प्रयोग गरिरहेको बताइन्छ ।

प्रचण्डको नेतृत्वको पार्टीको फुटमा अब नारायणकाजी श्रेष्ठ होइन उनकै विश्वासपात्र कृष्णबहादुर महरालाई अगाडि सरिरहेको भारतीय स्रोतको दावी छ । आजको साँघु साप्ताहिकमा खबर छ ।