९ पुस, विराटनगर।

कार्यकर्ताबाट सिमा नाका खुकुलो भएको गुनासो आएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विराटनगरको जोगवनी नाकामा झन कडाई गर्ने तयारी गरेको छ ।

सदभावना पार्टीका अध्यक्ष  राजेन्द्र महतोे नेतृत्वमा जोगवनी नाकामा जारी धर्ना अवरोधलाई झन कडाई गर्ने मोर्चाले जनाएको छ । धर्नामा बस्नका लागि भन्दै महतो आज जोगवनी गएका छन्।

सदभावना पार्टीका महासचिव मनिषकुमार  सुमनले सत्तारुढ र प्रमुख प्रतिपक्षी दल आफूहरुका माग सम्बोधनमा सकारात्मक नदेखिएको भन्दै आन्दोलनलाई जारी राख्नु पर्ने वाध्यता भएको बताए ।

मोर्चाले कांग्रेसले संसदमा दर्ता गराएको विधेयक अपूर्ण रहेको, सिमांकन परिमार्जन गर्न आवश्यक रहेको र मोर्चाले उठाएका माग जायज रहेको स्वीकार गरेपनि त्यसका लागि पहल नगरेको आरोप लगाएको छ ।

मोर्चासँग छलफल गरेर उसको सहमतीमै संविधान संसोधन गर्ने भन्दै संसदमा संसोधन विधेयक माथिको छलफल आगामी आइतबारसम्मलाई स्थगित गरिएको छ । तर अहिलेसम्म मोर्चासँग वार्ता गर्ने कुनै कार्यक्रम नरहेको नेताहरुले बताएका छन् ।