१८ पुस, एजेन्सी । क्रिकेट खेलमा विकेट लिएपछि वा शतक लगाएपछि बलर र ब्याट्सम्यानले सेलिब्रेसन गरिएको देखिन्छ । तर अस्ट्रेलियामा जारी बिगबास लिगमा एक बलरको सेलिब्रेसनको विषय अहिले विवादमा परेको छ ।

पाकिस्तानी क्रिकेटर हारिस रउफले बिहीबार विकेट लिएपछि ‘घाँटी काटेको’ जस्तो ईशारा गर्दै सेलिब्रेसन गरेका थिए, जसले अहिले सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएको छ । ट्वीटमा उनले यस्तो तरिकालो सेलिब्रेसन गर्न नहुने तर्क आइरहेको छ । बिहीबार बिग बास लिगमा मेलबर्न स्टार्स र सिड्नी थन्डरबीच खेल भएको थियो ।

मेलबर्न स्टार्सबाट खेलेका पाकिस्तानी पेस बलर हारिफ रउफले प्रत्येक विकेट लिएपछि ब्याट्सम्यानतर्फ गएर घाँटी काटेको इसारा गरेका थिए । उनको यस्तो सेलिब्रेसनले मैदानमा साथ पाएपछि ट्वीटरमा भने ब्यापक आलोचना भइरहेको छ ।

बिहीबार भएको खेलमा हरिस रउफले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिएका थिए । सिड्नी थन्डरले १ सय ४२ रन बनाएको थियो । मेलबर्न स्टार्सले अन्तिम ओभरमा लक्ष्य भेट्टाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । भिडियो हेर्नुहोस्ः