२६ फागुन, काठमाडौं ।

यस पटकको कांग्रेस महाधिवेशनमा २ ब्यक्तिको राजनीतिक करिअरमा गम्भिर झट्का लाग्यो । ति मध्ये एक सभापतिका उम्मेदवार रामचन्द्र पौडेल हुन् भने अर्का हुन् महामन्त्रीका दावेदार अर्जुनरसिंह केसी ।

पौडेल र अर्जुन दुवैलाई राजनीतिमा कमब्याक गर्न अव कठिन देखिन्छ ।

congress mahaadhivesan election day arjun kc

अर्जुनसँगै पराजित भएका उनकै ज्वाइँ गगन थापालाई भने यो महाधिवेशनले पराजित गरेर पनि राजनीतिक क्षितिज भने विस्तार गरिदिएको छ ।

यही चुनावका कारण थापा-केसी परिवारमा निक्कै तनाव आइपर्‍यो । तर अनन्त्यमा ज्वाइँ ससुरा नै पराजित हुन पुगे । थापा केसी परिवारमा परेको मानसिक पीडाबारे यस अघि भावुक स्ट्याटस लेखेकी गगन थापाकी पत्नि अञ्जना केसी थापाले पति गगन र पिता अर्जुनको पराजयपछि महाधिवेशन प्रतिनिधीहरुले गलत चयन गरेको संकेत गर्दै अंग्रेजीमा स्ट्याटस लेखेकी छिन् ।

उनले भनेकी छिन्, “प्रत्येक अवसर हामीले हाम्रो भाग्य छनौटका लागि पाउँछौं, हामी गलत विकल्प रोज्छौं, विचारा हामी, नेपाली” ।

anjana kc status

उनको यो स्ट्याटस गगनलाई छान्नुको साटो विपीकै पुत्र भएका कारण शशांकलाई रोज्ने कांग्रेसीहरुको कदमप्रतिको आक्रोशकोरुपमा देखिन्छ ।

बाबु र पतिको भिडन्तले धर्म संकटः गगन पत्नि अञ्जनाको भावुक स्ट्याटस

नेपाली राजनीतिमा दुर्लभ संयोग मध्येको एक ससुरा ज्वाइँको चुनावी भिडन्तले कांग्रेसको १३ औं महाधिवेशनलाई रोचक बनायो । यद्यपी अन्ततः विपीका कान्छा छोरा शशांकले अर्जुन नरसिंह केसी तथा गगन थापाका ज्वाइँ ससुरालाई पराजित गरिदिए ।

हारेपछि गगनको पहिलो विज्ञप्तिः जित्नेहरुलाई सन्देश

महाधिवेशनको मुखमा गुट परिवर्तन गर्दै देउवा पक्षको महामन्त्रीको उम्मेदवार बन्ने बेलामा अर्जुननरसिंह केसीले आफ्ना छोरी ज्वाइँ गगन थापालाई महामन्त्री बन्ने बेला नभएको सन्देश दिएका थिए ।

गगन थापा आफ्नो भविष्यको पनि भरोसा भएको भन्दै अर्जुनले पटक पटक गगन महामन्त्री बन्ने बेला नभएको र आफूले सम्झउँदा नमानेर उम्मेदवारी दिए गगनसँग पनि लड्न तयार रहेको र आफू जित्नका लागि पुरै तयारीमा लागेको पनि अर्जुननर सिंह केसीले बताएका थिए ।

मिल्यो अर्जुनको भविष्यवाणी

गगनको पाएको मत र चुनावी परिणामले कांग्रेसीहरुले अझै गगनलाई महामन्त्रीको औकातमा देख्न चाहेका छैनन् भन्ने प्रष्टिएको छ ।
रिपोटर्स क्लवबाट महामन्त्रीको उम्मेदवारी घोषणा गरेका अर्जुननरसिंह केसीले विविसी नेपालीसँगको अन्तर्वार्तामा गगन अझै महामन्त्री बन्ने बेला नभएको संकेत गर्दै आफूलाई सम्झाइरहेको बताएका थिए । ज्वाइँ पराजित हुने उनको भविष्यवाणी भने पुरा भएको छ । यद्यपी गगन थापालाई सही सुझाव दिएपनि अर्जुनको आफ्नै हैसियत पनि चुनावले देखाइदिएको छ ।

गगन थापाः चुनौती दिए, राजनीतिक उचाइ बढाए

किन हारे पौडेल, कसरी जिते शशांक ?