मंसिर, काठमाडौं ।

बढ्दो कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले भोलि राजधानीमा बृहद दबाव र्‍याली गर्ने भएको छ ।

मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दबाव दिन प्रदर्शन गर्न लागिएको काठमाडौं कांग्रेस सभापति सांसद भीमसेन दास प्रधानले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिईरहेको र्‍याली दिउँसो १ बजे शान्तिबाटिकाबाट सुरु हुनेछ ।

Nepali-Congress to protest in Ktm

मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्‍याली गर्न लागिएको प्रधानले बताए । उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

ओली सरकामाथि औंला ठड्याउँदा गगनमाथि सयौं डाइलग

रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको बताए ।

कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत मागहरु पुरा हुने दाबी गरे । उनीहरुले भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणका लागि पुनर्निर्माण प्राधिकरण विधेयकलाई अगाडि बढाउन माग गरे ।