२ बैशाख, काठमाडौं । संविधानको नयाँ संसोधन विधयेक अस्विकार गर्ने निर्णय गरेको संघीय गठबन्धनले भोली निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

फाइल तस्बिर

आज बसेको गठबन्धनको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त बनाउने निर्णय गरेको हो ।  संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीन शनिवार बसेको गठबन्धनको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको हो ।

गठबन्धन आवद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोली तराइका जिल्लामा प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । गठबन्धनका प्रवक्ता डाक्टर ओम गुरुङले आज आन्दोलनको स्वरुपबारे छलफल भएको र भोली सार्वजनिक गरिने बताए ।