६ भदौ, नवलपरासी ।

नवलपरासीको गुठि सुर्यपूरामा रहेको १५ मेगावाट क्षमताको नेपाल गण्डक जलविद्युत केन्द्र बन्द भएको छ ।

साउन २८ गते शनिवार परेको अविरल वर्षासँगै आएको वाढीले मुख्य पश्चिमी नहर भत्काएपछि पानीको आपूर्ति बन्द भएकाले जलविद्युत केन्द्र बन्द भएको जल विद्युत केन्द्रका प्रमुख सुरेश राउतले जानकारी दिए । केन्द्रमा जडान गरेका ३ वटा टर्वाइनमध्य एउटा टर्वाइन विग्रेको राउटको भनाई छ ।

२ र ३ टर्वाइनबाट दैनिक १ लाख ४० हजार युनिट विद्युत उतपादन हुने गरेको केन्द्रले जनाएको छ । उत्पादन बन्द हुँदा दैनिक १० लाखभन्दा बढी नोक्सान भइरहेको केन्द्रको भनाई छ । अहिले भत्केका नहरको मर्मतको काम भइरहेको छ ।