१२ माघ, बैतडी।
बैतडी जिल्लामा पहिलोपटक आज एक किसानले पालेको गाईले एकैपटक दुइवटा बाच्छा जन्माएको छ ।

श्रीकोट गाविस–२ खिरेगाउँका रामसिंह विष्टले पालेको गाईले आज एकैपटक एउटा बाच्छा र एउटा बाच्छी जन्माएको स्थानीय कृष्ण विष्टले जानकारी दिए।

पशु चिकित्सक नारायणदत्त भट्टले बैतडी जिल्लामै यो पहिलो भएको बताउँदै दुई बाच्छा जन्मिनु कुनै आश्चर्य नभएको र जीनका कारणले कहिलेकाँही यस्तो हुने गरेको बताए । रासस