११ माघ, मोरङ । केराबारी गाउँपालिकाको कार्यलयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । गएराती कार्यलयको गेटमा बम बिस्फोट भएको गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले जानकारी दिए ।

उनले कार्यलयको गेटमा बम बिस्फोट भएको र गेट तथा भवनमा सामान्य क्षति पुगेको जानकारी दिए । अध्यक्षले कार्कीका अनुसार गएराती ९ बजेको समयमा अज्ञात समूहले बम बिस्फोट गराएको हो । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

यस्तै गेट बाहिर भेटिएको एउटा अर्को बम आज डिस्पोज गरिएको छ । सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको उहाँले जानकारी दिनुभयो ।