३ भदौ, काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते भएका छन ।

नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उनको सवारी साधनलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

अध्यक्ष लोहनीको घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरेका छन । प्रहरीले उनी सवार कारलाई ठक्कर दिने ट्रक नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको जनाएको छ ।