६ मंसिर, काठमाडौं ।

भारतीय नाकाबन्दीका कारण चरम इन्धन संकट भैरहेको समयमा हास्य कलाकार दीपकराज गिरीले आफुसँग भएका गाडी, मोटर साइकल , स्कूटर फिर्ता गरेर बिरोध गर्न आह्वान गरेका छन् ।

भारतीय कलाकारहरुल आफूले पाएका अवार्ड फिर्ता गरेर मोदी सरकारको विरोध गरिरहेको स्मरण गराउँदै उनले नेपाली नागरिकले पनि यस्तै विरोध गर्न आह्वान गरेका छन् ।

Deepak Raj giri single 1

उनले भनेका छन्, ‘भारतमा कलाकारहरूले आफूले पाएको, आफू सँग भएको अवार्डहरू धमाधम फिर्ता दिएर बिरोध जनाइ रहेका छन्, हामी नेपालीले चाहि आफू संग भाको गाडि, मोटर साइकल , स्कूटर फिर्ता गरेर बिरोध गरौं’ ।

Deepakraj Giri Awhan

उनले देश जल्नु भन्दा संघीयता थाती राख्नु नै उचित हुने लाग्न थालेको भन्दै उनले अव मानिसहरुलाई धेरै गोली खाने वातावरण बनाउन नहुने समेत सुझाएका छन् ।

प्रचण्डको प्रस्ताव नमान्नेलाई दिपकराज गिरीको डाइलग