१५ पुस, एजेन्सी ।

नवनिर्वाचित संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गटेर्रेसले छिट्टै आफूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई भेटी रचनात्मक वार्ता गर्न चाहेको बिहीबार बताएका छन् ।un-secretary-general-antonio-guterres-4208610

आफूले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग सौहाद्रपूर्ण भेट गरिसकेको बताउदैँ नवनिर्वाचित राष्ट्रसङ्घ महासचिव गुटेर्रेसले आफ्नो स्थानीय टेलिभिजन च्यानल एएआईसीसँगको अन्तरवार्तामा बुधबार भने, “छिट्टै अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग पनि भेट हुनेछ ।”

उनले अमेरिकी नयाँ प्रशासनसँग रचनात्मक छलफल गर्ने र छलफलबाट विश्वसामु देखिएका सबै समस्या हल गर्नेतर्फ नयाँ निष्कर्ष निकालिने उनको भनाइ थियो ।

वर्तमान महासचिव वान कि मुन आफ्नो १० वर्ष लामो राष्ट्रसङ्घको नेतृत्वबाट यसै वर्षको अन्त्यमा बाहिरिनेछन् भने उनको ठाउँमा राष्ट्रसङ्घ प्रमुखका रुपमा गुटेर्रेसले सन् २०१७ जनवरी १ देखि कार्यभार सम्हाल्नेछन् ।