काठमाडौं, ४ असार । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौं उपत्यकाका नेवार समुदायले विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना गरेको छ ।

सभामा सहभागी हुन मानव सागर उर्लिएपछि काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । टण्टलापुर घामको परवाह नगरी हजारौं मानिस सभामा भेला भए । २०६२-०६३ को दोस्रो जनआन्दोलनपछि पहिलोपटक मानवसागर उर्लिएको टिप्पणी भइरहेको छ । (फोटो फिचर)

तस्बीरहरुः रासस/नेपाली हेडलाइन्स