३ भदौ, काठमाडौं ।

कुख्यात गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् ।

खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताए ।

यो पनि हेर्नुस्

घैंटे मारिँदा कस-कसलाई टेन्सन? यस्तो छ घैंटेको राजनीतिक सम्बन्ध नालिबेली

काठमाडौंको सामाखुसीमा प्रहरी र घैंटेको समूहबीच गोली हानाहान हुँदा घैंटेसहित उनका दुई सहयोगी घाइते भएका थिए । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याए लगत्तै घैंटेलाई मृत घोषणा गरिएको हो ।

कतिपयले घैंटे इन्काउन्टरमै मारिएको समेत दावी गरेका छन् । केही समय अघि यसै प्रकारको इन्काउन्टरमा गुण्डा नाइके चरी मारिएका थिए ।

Kumar Ghaite killed

“प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले भने ।

घैंटे मारिएको विरोधमा महाराजगञ्जमा प्रदर्शन, हत्या भएको कांग्रेस नेताको टिप्पणी

दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

यसरी मारिए कुमार लामा ‘घैंटे’ भिडियो हेर्नुस्

घैँटे समूहका महर्जनद्वयको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी पनि प्रहरीले दिएको छ ।