१८ असोज, एजेन्सी ।

भारतीय गुप्तचर शुत्रले अव कश्मिरमा लुकेर बसेका आतंकबादीहरुले भारतीय सैनिक निशानामा आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ ।

भारतीय सेनालाई शाहिद अफ्रिदीको चेतावनीः तिमीहरुलाई थाहा छैन..

कश्मिर क्षेत्रमा मात्र घुसपैठबाट भारत छिरेका कम्तिमा १०० जना आतंकबादी बसिरहेको समाचारमा जनाइएको छ । उनीहरुले भारतीय सेनाको निशानामा आक्रमण गर्ने तयारी गरिरहेको समेत गुप्तचर संस्थाको दावी छ ।

terrorist-in-kashmir

कश्मिरमा सक्रिय लश्कर, जैश र हिजबुलका आकंतकाबादीहरुले त्यहाँ रहेका भारतीय सेनाका निशानामा क्षति पुर्‍याउने तयारी गरिरहेको गुप्तचर सूचनाको आधारमा भारतीय सेना सतर्क बनेको छ ।

अव भारतीय सेनाका अखडामा उरी वा पठानकोट जस्तै आक्रमण हुन सक्ने सूचना आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आचानक राजधानीको सडकमा अश्लिल फिल्म शुरु भएपछि…

सेनाले क्याम्पको सुरक्षा बढाउन निर्देशन दिएको छ । उरी आक्रमणपछि भने भारतमा घुसपैठ हुन नसकेको दावी भारतीय सेनाले गरेको छ ।

भारतले पाकिस्तानको सीमा क्षेत्रमा प्रवेश गरेर सर्जिक स्ट्राइक गरेपछि भारत छिरेर गायव भएका पाकिस्तानी नागरिकका कारण भारतलाई तनाव छ । भारतले यसरी प्रवेश गरेका पाकिस्तानी नागरिकलाई तत्काल खोज्न जासुसी संस्थाहरुलाई हाइ अलर्टमा राखेको छ ।

भारतलाई आइलाग्यो पाकिस्तान भन्दा खतरनाक दुश्मन

भारतले कश्मिर क्षेत्रमा सर्जिकल स्ट्राइक गरेपछि कम्तिमा ३५० पाकिस्तानी नागरिक भारत छिरेर वेपत्ता भएको बताइएको छ । उनीहरु के उद्देश्यले भारत छिरेर हराए भन्ने प्रष्ट छैन । उनीहरुले भारतभित्र आतंक मच्चाउन सक्ने भन्दै भारतीय अधिकारीहरुको टाउको खाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भारत छिरेर हराएका पाकिस्तानीहरुको खोजी गर्न सरकारले उच्च शतर्क गराएको छ ।