१४ भदौ, काठमाडौं ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भन्दा बढी भारतीय रहेको र उनीहरुको सुरक्षाबारे भारत चिन्तित रहेको बताएको भन्दै नेपालमा हंगामा भएपछी भारतीय विदेशमन्त्रालयले यसबारे स्पष्टीकरण दिएको छ ।

गृहमन्त्री सिंहले यस्तो बताएको भन्दै इण्डिया टुडेले प्रकाशित गरेको समाचारमा लेखिएको कुरामा कुनै सत्यता नरहेको र गृहमन्त्रीले यस्तो कुरा बोलेको कुरा अस्वीकार गरेको जानकारी समेत विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

rajnatha shing

इण्डिया टुडेले लखनउको महाराजगंजमा निर्मित ससस्त्र सिमा पोष्टको उद्घाटनका क्रममा गृहमन्त्री राजनाथ सिंहले नेपालमा जारी तनावका कारण भारतीयहरु असुरक्षित बनेको टिप्पणी गरेको भन्दै हेडलाइन बनाएपछि नेपालमा तरंग उत्पन्न भएको थियो ।

नेपालमा तनाव हुँदा भारतीय मिडियाका हेडलाइनः ‘मोदीले कोइरालालाई झपारे’