१६असार,काठमाडौं । गृहमन्त्री जनार्दन शमसँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहमद अल हेलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज गृहमन्त्रालयमा भएको भेटवार्तामा कतार र नेपालबिचको मैत्रीपुर्ण सम्बन्ध तथा आपसी समझदारीबारे दुबैपक्षबिच चर्चा भएको थियो ।
गृहमन्त्री शर्माले कतारको विकासमा नेपाली श्रमिकहरुको पनि लगानी भएकोले कतारको समृद्धीमा नेपाल पनि संतुष्ट भएकोे बताएका थिए । मन्त्री शर्माले दुबै राष्ट्रबिच आपसी सहयोग आदान प्रदान गर्न आवश्यक रहेको बताउदै सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटबलको सफलताका लागि शुभकामना दिएका थिए ।

यसैगरी राजदुत युसुफ बिन मोहमद अल हेलले भर्खरै सम्पन्न पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचन व्यवस्थित तथा शान्तिपुर्ण ढंगले सम्पन्न गराउन सफल भएकोमा गृहमन्त्री शर्मालाई बधाई दिएका थिए ।

राजदुत हेलले कतारमा हुन लागेको विश्वकपको तयारी लगभग पुरा भएको जानकारी गराउँदै सधैँका लागि नेपालसँगको मैत्रीपुर्ण सम्बन्धको अपेक्षा गरेको बताएका थिए ।