चर्चित अंग्रेजी सिरिज ‘गेम अफ थ्रोन्स’ को पाँचौं सिजनको अन्तिम भाग किट ह्यारिङटनले भुमिका निभाएको पात्र जोन स्नोलाईको हत्या पश्चात सकिएको थियो। अप्रत्यासित रुपमा जोन स्नोको हत्या भएपश्चात गेम अफ थ्रोन्सका दर्शक जिल्ल पर्दै अब जोन फर्किन्छ कि फर्कदैन भन्ने विवादमा छटौं सिजन को पर्खाइमा छन्।

John show poster

तर हालसालै सार्वजनिक भएको गेम अफ थ्रोन्सको नयाँ पोस्टरले छेटौं सिजनमा जोनलाइ देख्न सकिने सम्भावना बढाएको छ। गेम अफ थ्रोन्सको आधिकारिक ट्वीटरमा सेयर गरिएको नयाँ पोस्टरमा जोन अनुहार भरी रगत लिएर भुईँ तिर हेरेको देखाइएको छ।

पौचौ सिजनको अन्तिम भाग सकिदाँ जोनको मृत्यु भएकै सबै दर्शकको बुझाइ थियो। तर यो पोस्टर सार्वजनिक भएपश्चात भने छैटौ भागमा जोनलाई देख्न सकिने सम्भावना देखिएको छ। कुरा छ त, जोन जिउँदो चाहीँ कसरी भए? यो भने अब नयाँ सिजन आएपश्चात नै थाहा पाइनेछ।

गेम अफ थ्रोन्सको सेटमा जोन स्नो सुटिङ गर्दै भेटिए

यहि सेप्टेम्बरमा जोन स्नोको भुमिका गर्दै ह्यारिङटन सुटिङ सेटमा देखिएका थिए। तर उनी फ्याल्सब्याक सिनको लागि सुटिङमा देखिएको पनि हुनसक्छन। छैटौं सिजन २०१६ मा प्रशारण हुनेछ।