एचबीओ च्यानलबाट प्रशारण हुने टेलि श्रृंखला ‘गेम अफ थ्रोन्स’ले विश्वमा त चर्चा बटुल्यो नै नेपाली दर्शक माझ पनि निकै लोकप्रिय भयो। दर्शक माझ मात्र हैन नेपाली केही टिभी च्यानलले बजाउने धुन पनि ‘गेम अफ थ्रोन्स’कै ‘इन्ट्रो’ रहने गरेको छ।

गेम अफ थ्रोन्सको यो धुनमात्र होइन पुरै श्रृखला, कथा, कलाकार सबै निकै लोकप्रिय भए। जर्ज आरआर मार्टिनको निकै बिकेको किताब ‘अ सङ अफ आइस एण्ड फायर’ मा आधारित भएर पर्दामा उतारिएको यो श्रृंखलाले कथा बताउने शैली संगै उत्कृष्ट अभिनय प्रस्तुत गरेको छ।

गेम अफ थ्रोन्सको इन्ट्रो

यसको एउटा सिजनमा १० वटा भाग गरेर ५ वटा सिजन प्रदर्शन भइसकेको छ। अब छैटौं सिजनको लागि गेम अफ थ्रोन्सका दर्शक व्यग्र प्रतिक्षामा छन्।

game of throne john snow (2)

दर्शकलाई झड्का लाग्ने गरि कथामा ‘ट्वीस्ट’ ल्याउने यो श्रृखंलाको पाचौं सिजनको अन्तिम भागमा सबैले मनपराउँदै आएको एक पात्र ‘जो स्नो’को हत्या भएपछि सबैलाई कौतुहल लागेको छ, ‘जोन स्नो’ फेरी आउँछ कि आउँदैन? अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि गेम अफ थ्रोन्स टीमलाई सोध्न भ्याए, ‘जो स्नो अब आउँदैन?’

game of throne john snow (3)

‘जोन स्नो’को भुमिका किट ह्यारिङ्गटनले निभाउँदै आएका छन्। २८ वर्षिय यी कलाकार ‘गेम अफ थ्रोन्स’को सुटिङ भइरहेको स्थान बेलफास्टमा जिउँदै देखिएका छन्। ‘जोन स्नो’को कस्ट्युममा उनी सुटिङमा व्यस्त भेटिएका हुन। पाँचौं सिजनको अन्तिम भागमा उनको मृत्यु भएको देखाइए पनि ‘जोन स्नो’ मरेका छन् कि छैनन् भन्दै दर्शक माझ निकै चर्चाको विषय बनेको थियो। सुटिङस्थलमा उनलाई यसरी भेटिदा, अब आउने भागहरुमा उनलाई देख्न पाइने सम्भावना भने बढेको देखिन्छ।

game of throne john snow (1)

‘गेम अफ थ्रोन्स’ ले अहिलेसम्म दर्जनौ अवार्ड पनि जितिसकेको छ। हालसालै लेखक जर्ज आरआर मार्टिनले उत्कृष्ट कथाको लागि ‘प्राइम टाइम एम्मी अवार्ड फर वाटस्ट्यान्डिं ड्रामा सेरिज’ जितेका थिए। साथै उत्कृष्ट अभिनय, उत्कृष्ट भिजुअल इफेक्ट, उत्कृष्ट टेलिश्रृखला, उत्कृष्ट प्रस्तुति लगाएतका दर्जनौ विधामा यसले पोल्टा भरी अवार्ड जितेको छ।