एजेन्सी । इङ्ल्याण्डमा गोरी महिलाको तुलनामा काली महिलामा स्तन क्यान्सरको संभावना झण्डै दोब्बर हुने गरेको तथ्य भेटिएको छ ।

kali-mahila

युके क्यान्सर रिसर्च र इङ्ल्याण्ड पब्लिक हेल्थले गरे नयाँ अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो । अनुसन्धानका क्रममा २५ प्रतिशत अमेरिकी काली महिला र २२ प्रतिशत क्यारेबियन महिलामा स्तन क्यान्सरको अवस्था गम्भीर चरणमा पुगिसकेको पाइएको थियो । गोरी महिलामा भने यो आंकडा १३ प्रतिशत मात्रै पाइएको बीबीसीले जनाएको छ ।

kali

जानकारहरुका अनुसार यो अन्तर हुनुमा अन्य थुप्रै कारण रहेका छन् । युके क्यान्सर रिसर्चका अनुसार जब महिलाहरुको स्तनको मेमोग्राफीका लागि बोलाइन्छ त्यतिबेला कालाजातीका महिला कम मात्रै जाने गर्छन् । त्यसैले उनीहरुमा क्यान्सरले भयावह रुप लिने र उपचार असंभव हुने गरेको हो ।

उनीहरु खुलेर समस्या व्यक्त नगर्ने र भगवानको प्रार्थना गरेर बस्ने भएकाले पनि स्तन क्यान्सरको जोखिममा काला जातिका महिला बढी रहेको अनुसन्धानकर्ताको भनाई छ ।