२० भदौ, काठमाडौं । नवलपरासीमा गोरु काटेर खाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

मध्यविन्दु नगरपालिका २ का बुद्घि विक र हुप्सेकोट गाउपालिका २ का केशव केसीलाई चोरमारा प्रहरीले गरु काटेर खाएको आरोपमा नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न रहेका अन्य दुई जना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थुम्कीदेवी सामुदायिक वनमा गोरु काटेर खाएको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।