१३ मंसिर, म्याग्दी ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीनजिकै ठूला वरपीपलका रुख छन् । त्यहाँ चारैतर्फ फैलिएको खुला चौतारो पनि छ । चौताराअगाडिको खुला चौरभरि सर्वसाधारण व्यग्र प्रतीक्षा गरिरहेका छन् । उनीहरुमा कौतुहुलसँगै अनुहारमा अभावको पीडा पनि स्पष्ट झल्किएको देखिन्छ ।

बेनीबजारको वीरेन्द्रचोकमा शनिबार दिउँसो देखिएको यो दृश्य अरु केही नभएर तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण करिब तीन महिनापछि जिल्लामा भित्रिएको खाना पकाउने ग्यास गोलाप्रथा प्रणालीबाट वितरण गर्न आयोजित कार्यक्रमको हो ।

Gyas Ko Lagi Gola system

जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकको निर्णयबमोजिम जिल्लामा भित्रिएको खाना पकाउने ग्यास पारदर्शी तरिकाले वितरण गर्न गोलाप्रथा प्रणाली अपनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।