११ मंसिर, सुनसरी ।

नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले सुनसरीमा भारतीय सुरक्षाकर्मीको दादागीरी अन्तराष्ट्रिय कानुन बिपरित रहेको भन्दै यस सम्बन्धमा सरकारले भारतसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले विराटनगरमा आज सञ्चारकर्मीसँगको भेटमा नेपाली भुमिमा प्रवेश गरेर भारतीय सुरक्षा बल एसएसवीले गोली चलाएको पुष्टि भइसक्दा पनि भारतले हैन भन्नु हेपाहा प्रवृत्ति भएको भन्दै यस्तो धारणा व्यक्त गरेका हुन् । भारतीय दुतावासबाट गोली काण्डको बिषयमा निष्किएको बक्तव्य लज्जास्पद रहेको भन्दै महतले नागरिकको जीउधनको सुरक्षाका लागि फेरि यस्तो घटना हुन नदिन भारतसँग स्पष्टिकरण लिनुपर्नेमा जोड दिए ।

ramsaran

तराई मधेशको समस्या समाधानका लागि सरकारले गम्भीर भएर बुँदागत छलफल नै थाल्नुपर्ने उनको भनाई थियो । भारतको अघोषित नाकाबन्दी द्विदेशीय सन्धि सम्झौता र अन्तराष्ट्रिय कानून विपरित रहेको भन्दै महतले यो विषयलाई नेपालको आन्तरिक मामिलामा जोड्न नहुने बताएका थिए ।