२१ माघ,काठमाडौं । फिफाको ताजा वरियताक्रममा नेपाल ८ स्थान माथि उक्लिएको छ। बिहिबार सार्वजनिक गरिएको ताजा वरियतामा नेपाल १८८ स्थानमा छ।

बंगलाबन्ध गोल्डकपमा २३ वर्षपछि उपाधी उचालेपछि नेपालले वरियता क्रम सुधारेको हो। यस अघि भारतमा भएको दक्षिण एशियाली खेलकुदमा श्रीलंका भारतसँग पराजित भएपश्चात नेपाल सय ९६ औं स्थानमा झरेको थियो।