२३ चैत, रौतहट।

एक सातादेखि आन्दोलित गौरमा लुटेरा समूहले गौर-५ पोखरिया टोलका ६० वर्षीय जाहिर अन्सारीको हत्या गरेका छन्।

लुटेराले अन्सारीको घरबाट पाँच लाख नगद समेत लुटपाट गरेका छन्। राती बस बस्न आएका केही व्यक्तिले सुतिरहेका अन्सारीलाई घाँटी रेटेर हत्या गरेका थिए। अन्सारीले घर मर्मतका लागि बैंकबाट आइतबार पाँच लाख निकालेका थिए।

madhesh andolan 1
हत्या र लुटपाटपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । हत्या घटनापछि गौर आन्दोलन थप हिंसात्मक हुने खतरा बढेको छ । आन्दोलनकारी पक्षसँग अहिलेसम्म भएको वार्ता निश्कर्षबिहिन भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आइतबार साँझ हेलोकोप्टरबाट गौर पुगेको सरकारी वार्ता टोलीले रातिसम्म गरेको वार्तामा कुनै सहमती हुन सकेन । सोमबार फेरि वार्ता हुदैछ ।