२० मंसिर, काठमाडौं । गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् ।

शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् ।

यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । यससँगै नेपालले ४१ वटा स्वर्ण जितेको छ ।