कुशल श्रेष्ठ

बजारका अन्य सामान झैँ एलपिजी ग्याँसको सिलिण्डरको पनि एक्पाइरी डेट तोकिएको हुन्छ।

प्रश्न यो रहन्छ कि यो फलामको भाँडो पनि एक्सपाएर हुन्छ र? LPG Gas Cylinder

कहाँ हुन्छ सिलिण्डरको एक्सपाएर  मिति?

सिलिण्डरको माथिको गोलो ह्याण्डललाई सिलिण्डरसंग जोड्ने, ३ वटा सीधा चेप्टो डण्डी मध्ये कुनै एक मा सिलिण्डरको एक्पाइरी डेट पेन्ट गरिएको हुन्छ।

त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ। त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।

A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बर

उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ।

त्यसैले, अहिल्यै तपाईँको सिलिण्डरको अन्तिम मिती जाँच गरिहाल्नुस्। अनि अर्को चोटि ग्याँस किन्दा अन्तिम मिती हेरेर मात्रै सिलिण्डर लिनुहोला।

यो पनि हेर्नुहोस्-
विमानको झ्याल सँधै गोलाकार किन हुन्छ?
भविष्यमा यस्तो बन्नेछ आइफोन
भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन
के भविष्यमा पनि डाक्टरलाई स्टेथेस्कोपको जरुरत पर्ला?
कस्ता होलान् भविष्यका विमान