८ माघ, सप्तरी।
अज्ञात समूहले राजविराज–रुपनी सडकखण्डअन्तर्गत मलेठमा ग्यास बोकेको गाडीमा आज ढुङ्गामुढा गरी क्षति पुर्याएको छ ।

राजविराजमा खाना पकाउने ग्यास खाली गरी विराटनगरतर्फ जाँदै गरेको को१ख २८७ नंको ट्रकमा ढुङ्गा प्रहार गर्दा ट्रकको अगाडिको सिसा फुट्नाका साथै चालक समेत घाइते भएको प्रहरीले जनाएको छ । क्षतिग्रस्त ट्रकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ । रासस