१८ साउन काठमाण्डौ ।
काठमाण्डौको धापासीमा रहेको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले बालबालिकाको पिडियाट्रिक ल्याप्रोस्कोपिक सर्जरी पनि शुरु गरेको छ ।

ग्रान्डीका पिडियाट्रिक सर्जन डा. आर पि चौधरी र ल्याप्रोस्कोपिक सर्जन डा. राकेश कुमार साहले संयुक्त रुपमा कास्कीका ३ बर्षिय एक बालकको जन्मजात नै लुकेर रहेको अण्डकोषको सफल रुपमा शल्यक्रिया गरेका हुन् ।

0जन्मजात नै देब्रे अण्डकोष कम्मर माथि र करङ मुनीको भागमा लुकेर रहेको बालकमा पछि बाँझोपन, क्यान्सर जस्ता जटिल समस्या उत्पन्न गर्नसक्ने भएकाले त्यसलाइ निकालिएको शल्यकृयामा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

1
यस किसिमको समस्या बालकहरूमा अत्यन्त कम देखिने भएपनि यसको उपचार तुलनात्मक रुपमा जटिल मानिन्छ । ग्रान्डी अस्पतालले यसअघि पनि यस्ता जटिल शल्यकृया गर्दै आएको जनाएको छ ।