२३ साउन, काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वेन्टी क्रिकेटको प्लेअफमा विहीबार राति नेपाली बलरद्वय सन्दिप लामिछाने र सोमपाल कामीको टिम आपसमा भिड्दैछन् ।

क्वालिफायर प्रवेशका लागि सन्दिपको टिम टोरन्टो नेशनल र सोमपालको टिम वीन्नीपेग हक्स भिड्न लागेका हुन् । जित्ने टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग प्रतिष्पर्धा गर्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । खेल नेपाली समय अनुसार विहीबार राति सवा २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सन्दिपले ३ खेलमा ३ विकेट लिएका छन् भने जम्मा एक खेल खेल्ने मौका पाएका सोमपाल महंगो सावित भएपछि थप खेल खेल्न पाएका छैनन् । विहीबारको खेल पनि खेल्ने नखेल्ने टुंगो छैन । प्रतियोगिताको पहिलो क्वालिफायरमा विहीबार राति सवा १० बज भ्यानकुभर नाइट्स र ब्राम्पटन उल्भस भिड्नेछन् ।