२५ कात्तिक, एजेन्सी ।

सर्पको पेट ठूलो देखेपछि गाउँलेलाई लाग्यो यसले घरपालुवा जनावर खायो । उनीहरुले सर्प मारेर भुँडी चिरेर हेरे । तर त्यहाँ कुनै जनावर वा चरा चुरु्गी नभएर सर्पका अण्डा मात्र थिए ।

भारतीय ५ सय र १ हजारका नोटमा बदाम बेच्न थालियो (फिचर)

घटना नाइजेरियाको हो । नाइजेरियाको एक गाउँमा गाउँलेहरुले जनावर खाएको भन्दै सर्प मारेर पछुताएका छन् । सर्प गर्भीणी रहेको र उसको पेटभरी अण्डा नै अण्डा रहेको भेटाएपछि गाउँलेहरु पछुताएका हुन् ।

snake-killed-by-villager-1 किसानको गोठमा पसेर घरपालुवा जनावर खाएको भन्ने ठानेर उनीहरुले सर्प मारेका थिए । सर्प ठूलो देखिनुको कारण उ गर्भीणी रहेको कुरा गाउँलेहरुले उसलाई काटेपछी मात्र थाहा पाए ।

अन्धी महिलाको अमेरिका सम्बन्धि भविष्यवाणीले हंगामा

केही दिन अघी मात्र गाउँबाट केही कुखुरा, बाख्रो र गाइको बाच्छो हराएको थियो । उनीहरुले सर्पले दुवै जनावर खाएको ठानेर मारेका थिए ।

snake-killed-by-villager

न्याउरी मारी पछुतो भने जस्तै गाउँलेहरुलाई सर्पमारी पछुतो भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छ्न् । कतिपय सर्पको पेटमा १०० भन्दा बढी अण्डा हुने विश्वास गरिन्छ ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)