३१ भदौ, वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका–५ मा रहेको हासवा टोलमा एक अपिरिचित युवाको शव फेला परेको छ ।

मंगलवार बिहान करिब ११ बजेको समयमा धुताहा पुलको पश्चिममा रहेको नहरको किनारमा घाँटी रेटिएको अवस्थामा नाम र बतन नखुलेको एक युवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

गाउँपालिकामा भारतबाट केही किड्नी चोर सक्रिय रहेको हल्ला भएकाले पनि यस्तो घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् ।