३ भदौ, काठमाडौं ।

प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ का आफन्त तथा सुभेच्छुकले महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरमा नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरीको गोली लागेर घाइते भएको भनिएका घैटेलाई महाराजगञ्ज लगिएको थियो । उनको शवलाई पोष्टमर्टमका लागि लगिएको भएपनि उनका आफन्त सहित केही कांग्रेस नेता कार्यकर्ता समेत महाराजगञ्ज पुगेर प्रहरीविरुद्ध नारावाजी गरेका छन् ।


Kumar Ghaite killed

नुवाकोटका नेताद्वय अर्जुननर सिंह केसी र जगदिश्वरनरसिंह केसीले घैंटेलाई घरमै गएर मारिएको आरोप लगाएका छन् । सभाषद समेत रहेका जगदिश्वरनरसिंह केसीले प्रहरीले गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरेको आरोप लगाए ।

Kumar Ghaite killed 4

उनले भने- प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत छ । उनको घरमै गएर गोली हानिएको छ । गोली लागेर ढलिसकेको मान्छेले गोली हानेको उनले बताए । गणेश कुमार श्रेष्ठलाई मारिएको छ । उनले यस अघि नै आफूमाथि इन्काउण्टर हुन सक्ने भनेर निवेदन दिएका थिए । यो हत्या हो गोली हान्ने हत्यारा हो ।

उनले प्रहरीले जे मन लाग्यो त्यही गर्ने अधिकार नपाएको दावी गरे । घैंटको सरासर हत्या भएको भन्दै उनले यसका हत्यारालाई कारवाही गर्न माग गरे ।