साउदी अरब भनेपछि केको लागि चिन्नुहुन्छ? तेल उत्पादन गर्ने देश, गर्मी देश, वा धनीहरुको देश? कि धेरै नेपाली रोजगारीको लागि गएको देश?
आउनुस् जानौं यहि चिरपरिचित देश साउदीका केही अनौठा अनि कम सुनिएका तथ्यको बारेमा।

 आधा जनसंङ्ख्या २५ वर्ष कम

Saudi Arab Facts 24042413

साउदी अरबमा २५ वर्षभन्दा कम उमेरका युवाको संङ्ख्या कुल जनसङ्ख्याको आधा छ। हरेक ४ मध्ये ३ साउदी नागरिक ३५ वर्ष भन्दा कम छन्। यहाँ महिला भन्दा पुरुषको सङ्ख्या बढी छ। पुरुष र महिलाको सङ्ख्याको अनुपात १.३७ छ।

कुनै संविधान छैन

Saudi Arab Facts 34733313

साउदी अरबको आधारभुत कानूनको आर्टिकल १ ले पवित्र ग्रन्थ कुरान र पैगम्बर मोहम्मद नै उसको संविधान हो भनि जोड दिएको छ। साउदीको कुनै छुट्टै संविधान छैन।

महिलालाई कार चलाउन प्रतिबन्ध

Saudi Arab Facts 4786514

साउदीमा महिलालाइ कार चलाउने अधिकार दिइएको छैन। केही वर्षयता महिला अधिकारकर्मीले यस विरुद्ध विभिन्न प्रदर्शन गरेका छन्। तर महिला माथीको यो प्रतिबन्ध जारी छ।

पढ्नुस् साउदीमा महिलालाई के के प्रतिबन्ध छ?

सिमित हज कोटा

Saudi Arab Facts 5340714इस्लामले पवित्र स्थल मानेको मक्का र मदीनामा गैर मुस्लिम प्रतिबन्धित छन्। हेरक वर्ष हज गर्न विश्वका देशबाट यो ठाउँमा तीर्थयात्री आउने गर्छन्। तर यात्रीको संङ्ख्यालाई लिएर हेरक देशलाइ कोटा छुट्याइएको छ। कोटा छुट्याइनाले यहाँ आउने यात्रीको सङ्ख्या नियन्त्रण हुने गर्छ।

महिलाको भोटिङ अधिकार

Saudi Arab Facts 62818714साउदी अरब विश्वको अन्तिम देश हो जसले महिलालाइ भोट हाल्ने अधिकार दिएको छ। पढ्नुस् पुरा: साउदीमा एउटा महिलाले रचिन इतिहास

दुर्लभ पानी

Saudi Arab Facts 75257014

साउदी अरबमा पानी दुर्लभ वस्तु हो। त्यसैले यसको यहाँ छुट्टै मूल्य छ। एक्वीफर्स, साउदीना पानीको ठुलो स्रोत हो। यो जमिनमूनी बनाइएको ठुलो जलाशय हो। जलको अर्को ठुलो स्रोत हो समुन्द्र। समुन्द्रको पानी पिउन मिल्ने बनाएर साउदीमा प्रयोग गरिन्छ।

विश्वमा प्रतिबन्ध लगाइएका १२ अनौठा कुरा

तेल भन्दा महंगो पानी

Saudi Arab Facts 81217014साउदी अरबमा कुनै ठुलो ताल वा नदी छैन। तर साउदी अरब विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो। तुलनात्मक रुपमा यहाँ तेल भन्दा पानी महंगो छ।

धुम्रपान प्रतिबन्ध

Saudi Arab Facts 93536814

८ सन् २०१२ मा साउदी अरबले सरकारी स्थल र अधिकांस सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाइदियो। साउदीको आकंडा अनुसार प्रति व्यक्ति औसत ८ डलर (करिब ८६४ रुपैया) दैनिक चुरोटमा खर्च हुन्थ्यो।

कारको खेल

Saudi Arab Facts 104853614

९ साउदी अरबका कारका सौखिनहरुले एक अलग खेलको विकास गरेका छन्, जसको नाम राखिएको छ साइडवाक स्कीइङ्ग। यसमा एकापट्टीको पाङ्ग्राको मात्र सहयोगले गाडी चलाइ खेल खेल्ने गरिन्छ।

ठुलो ऊँट बजार

Saudi Arab Facts 115615914

रियाद ऊँट बजार विश्वकै सबैभन्दा ठुलो ऊँट बजार हो। यहाँबाट प्रत्येक दिन लगभउ १०० ऊँट बेचिन्छ।

गैर मुस्लिमले नागरिकता पाउदैनन

Saudi Arab Facts 124465014

गैर मुस्लिमहरुले साउदीको नागरिकता लिन पाउँदैनन। यहाँ गैर मुस्लिमहरुले आफ्नो पुजाविधि समेत अपनाउन पाउँदैनन। गैर मुस्लिम धर्मको प्रदर्शन प्रतिबन्धित छ। साथै यहाँ होमोसेक्सुएलिटी लाई पनि अपराध मानिन्छ।

मृत्युदण्ड

Saudi Arab Facts 1336414

साउदी अरब विश्वको एक मात्र त्यस्तो देशको जहाँ घाटीकाटेर, अंग विभाजन गरेर र ढुङ्गा हानेर सजायँ दिइन्छ।

तस्बिर खिच्न प्रतिबन्ध

Saudi Arab Facts 144648914

सन् २००६ सम्म, सरकारी भवन, सरकारी कार्यलय, विमानस्थलको तस्बिर खिच्न प्रतिबन्धित थियो। अहिले पनि साउदीमा यसरी तस्बिर खिच्दा समस्यामा पर्न सकिन्छ। बदलिएको कानुनबारे धेरै मानिसलाइ जानकारी छैन।

जादु प्रतिबन्ध

Saudi Arab Facts 154964814
साउदीमा जादु वा टुनामुनामा प्रतिबन्ध लगाइएको छ। देशमा विशेष प्रहरी जादुगरलाई पक्रने काम गर्छ। जादु गरेको भेटिएमा शिर काट्ने सम्मको सजायँ दिइन्छ। त्यसैले विश्वविख्यात पुस्तक अनि फिल्म ह्यारी पोटर साउदीमा प्रतिबन्धित छ।

यो पनि पढ्नुस्।

जापानका १० रोचक संस्कृति

गिनिजी बुकमा ७ जनावरको अपत्यारिलो रेकर्ड
पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ
जहाँ महिला र बच्चा जान प्रतिबन्धित छ