७ जेठ, काठमाडौँ ।
चन्द्रागिरि नगरपालिका– १२ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

काँग्रेसका प्रकाश श्रेष्ठले एक हजार १८८ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मण श्रेष्ठले ८०५ मत प्राप्त गरेका छन् । वडा सदस्यमा द्रौपदी अधिकारी, अस्मिता बयलकोटी, प्रदीप अधिकारी र भीमलाल महर्जन विजयी भएका छन् ।

नगर प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले १२ हजार ६०९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले नौ हजार ७१६ मत प्राप्त गरेका छन् ।

हालसम्म उपप्रमुखका उम्मेदवार एमालेका लीसा नकर्मीले ११ हजार १०३ र काँग्रेसका इन्द्रावती श्रेष्ठले १० हजार ६०९ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए । कुल १५ वडा रहेको नगरपालिकामा ३८ हजार ८७२ मतदाता रहेकामा ३१ हजार ९२० मत खसेको थियो । वडा नं १४ र १५ को गणना जारी छ । रासस