५ मंसिर, काठमाडौं । प्रथम चन्द्रागिरी गोल्डकप फुटबलको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ ।

काठमाडौंको नैकापमा संचालित प्रतियोगिताको फाईनलमा हिमालयन शेर्पाले फ्रेण्ड्स क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गर्यो । चन्द्रागिरी नगरपालिकाको खेल मैदान नैकापमा चार वटै गोल दोस्रो हाफमा भए ।

बिजेता हिमालयन शेर्पाले ५ लाख र उपबिजेता फ्रेण्ड्सले २ लाख ५० हजा रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । ब्राइट युथ क्लबले कात्तिक २८ गतेदेखि सञ्चालन गरेको प्रतियोगितामा आट वटा टिमको सहभागिता रहेको थियो ।