काठमाडौं, ४ बैशाख । आइसीसी विश्वकप क्रिकेटका लागि हालै घोषित भारतीय टिमको चर्को आलोचना भएपछि तीन खेलाडी थप गरिएको छ ।

खेलाडी छनौट समितिले बुधबार युवा क्रिकेटर रिसभ पन्त र अम्बाती रायडुलाई अतिरिक्त खेलाडीको रुपमा टिममा समावेश गराएको हो । यदि प्लेइङ इलाभेनका खेलाडी घाइते भएको अवस्थामा उनीहरुले खेलाडीले खेल्ने मौका पाउनेछन् । आगामी मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोली घोषणा गर्दा पन्त र रायडुलाई नराखिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको जिथयो ।

बलर नवदीप सैनीलाई पनि अतिरिक्त खेलाडीका रुपमा टिममा राखिएको छ । भारतले विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग पहिलो खेल खेल्नेछ ।