कुशल श्रेष्ठ

आइफोन, आइपड, आइप्याड अनि म्याकबुक जस्ता उत्कृष्ट डिभाइसहरूले गर्दा अहिले एप्पल कम्पनी संसारकै सबैभन्दा ठूलो प्राविधिक कम्पनी बन्न पुगेको छ। यस कम्पनीको हालैको सफलता देख्दा एप्पल कम्पनीले जे बनाएपनि चर्चा पाउँछ जस्तो लाग्छ।

तर, एप्पलका कैयौँ उत्पादनहरूले पनि असफलता पाएका थिए भन्दा सबैजना अचम्मित पर्दछन्। ८० को दशकको म्याकिन्तोस कम्प्यूटर देखि ९० को दशकको भिडियो गेम कन्सोलसम्म एप्पलले असफलता बाहेक केहि पनि पाएको थिएन।

यसैक्रममा एप्पल कम्पनीका असफल भएका केहि उत्पादनका सूची यसप्रकार छः

१. एप्पल पिप्पीन (सन् १९९५ – सन् १९९६)

सुन्दा अचम्म लाग्छ तर एप्पल कम्पनीले पनि सोनीको प्लेस्टेसन, निन्टेन्डो र सेगा जस्ता गेमिङ् कन्सोल निर्माण गरेको थियो। यस ‘पिप्पीन’को सुरुको मूल्य ६०० डलर तोकिएको थियो र सुरुको वर्षमा ३ लाख वटा कन्सोल बेच्ने उदेश्य राखिएको थियो। तर असफलता पछि भने कम्पनीले करीब ४२ हजार वटा कन्सोल जलाएर नष्ट गर्नुपरेको थियो।Apple Pippin

२. एप्पल क्वीकटेक (सन् १९९४ – सन् १९९७)

यो ‘एप्पल क्वीकटेक’ पहिलो डिजिटल क्यामेरामध्ये एक हो। करीब ७५० डलर मूल्यको यो क्यामेराले ६४०*४८० रिजोल्यूसनको उत्कृष्ट फोटो खिच्थ्यो (त्यतिबेला यसलाई उत्कृष्ट मानिन्थ्यो)। तर क्वीकटेकले पहिल्यैदेखि नै बजार लिइराखेका कम्पनी जस्तै; कोडाक, फुजी फिल्म, क्यानन र निकोनको प्रतिष्पर्धा गर्न सकेन।Apple QuickTake

३. एप्पल तृतीय (सन् १९८० – सन् १९८१)

एप्पल कम्पनीलाई चर्चामा ल्याएको कम्प्यूटर ‘एप्पल द्वितीय’ थियो। एप्पल द्वितीयको अपार सफलतापछि कम्पनीले ‘एप्पल तृतीय’को निर्माण गर्यो। तर, यसमा कम्प्यूटरको गुणस्तरमा भन्दा डिजाइनमा बढि महत्व दिएको हुनाले त्यति सफलता पाउन सकेन।Apple III

फेरि यो कम्प्यूटर चाँडै तात्ने गर्थ्यो। जसले गर्दा कम्पनीले ठूलो घाटा बेहोर्नुपरेको थियो।

४. एप्पल लिसा (सन् १९८३ – सन् १९८५)

८० को दशकमा एप्पल कम्पनीले निर्माण गरेको यस ‘एप्पल लिसा’ कम्प्यूटरको सुरुको मूल्य १० हजार डलर राखिएको थियो, जुन असाध्यै महङ्गो हो। स्टिभ जोब्सकी छोरी ‘लिसा जोब्स’को नामबाट बनाइएको यस कम्प्यूटरले पनि बजार लिन नपाउँदै फ्लप हुन पुग्यो।Apple Lisa

५. एप्पल न्यूटन (सन् १९९३ – सन् १९९८)

एप्पलको ‘आइप्याड’ बनाउने पहिलो प्रयास थियो यो ‘न्यूटन’। हुन त यो आइप्याड होइन, तर यसले ह्याण्डराइटिङको पहिचान गर्न सक्थ्यो। यसको आकार, कमजोर ब्याट्री क्षमता अनि पढ्न गाह्रो स्क्रीनले गर्दा यो डिभाइस पनि चाँडै नै फ्लप हुन पुग्यो। त्यसपछि सन् २०१० मा कम्पनीले अर्को आइप्याडको निर्माण गर्यो, जुनले असाध्यै चर्चा पाउन सफल भयो।Apple Newton

६. म्याकिन्तोस टिभी (सन् १९९३)

यस ‘म्याकिन्तोस टिभी’मा कम्प्यूटर र टेलिभिजनलाई एकैठाउँमा राख्ने प्रयास गरिएको थियो। तर यसमा एकपटकमा कि टिभि हेर्न मिल्थ्यो, कि चाहिँ कम्प्यूटर चलाउन मिल्थ्यो र यसको मूल्य २००० डलर रहेको थियो। जसले गर्दा नै यसले सफलता पाउन सकेन।Macintosh TV

७. म्याकिन्तोस पोर्टेबल (सन् १९८९ – सन् १९९१)

ल्यापटप बनाउने पहिलो प्रयासमा यो ‘म्याकिन्तोस पोर्टेबल’को निर्माण गरिएको थियो। तर यसलाई पोर्टेबल भन्न पक्कै पनि मिल्दैनथ्यो। किनभने यसको तौल लगभग १० किलोग्राम थियो भने मोटाइ ४ इन्चको थियो। त्यसमाथि चार्जर जोडेपछि कम्प्यूटर अन नै हुँदैनथ्यो।Macintosh Portable

हकी पक जस्तै देखिने यो माउसको आकार सानो थियो, जसले गर्दा प्रयोग गर्न असाध्यै गाह्रो हुन्थ्यो। त्यसैले नै यसले सफलता पाउन सकेन।

यो पनि हेर्नुहोस्-
कम्प्यूटरको इतिहास- पहिलो कम्प्यूटर कहिले र कसले बनायो?
५ वर्ष पछि गुगलले पछि पार्यो एप्पललाई, अल्फाबेट विश्वकै सबैभन्दा बढी मूल्यको कम्पनि
एप्पलको कुन ग्याजेटको कति मूल्य
आईफोन निर्माता एप्पलको मनै लोभ्याउने कार्यालय
सफलता पाउन स्टिभ जब्सबाट सिक्नै पर्ने ५ सिद्धान्त